गाउँ सहर

प्रदेश प्रमुख खापुङसमक्ष राष्ट्रिय दलित आयोगबाट प्रतिवेदन पेश

काठमाडाैं । राष्ट्रिय दलित आयोगले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष तेश्रो वार्षिक प्रतिवेदन पेश गरेको छ । 

राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइली नेतृत्वकाे टाेलीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष तेश्रो वार्षिक प्रतिवेदन पेश गरेको हाे। 

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष ०७९/८० को प्रतिवेदन पेश भएको हो । 

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले २०२० भाद्र १ गते जारी भएको मुलुकी ऐनले छुवाछुत हुनुहुन्न भनेर तोकिएपनि अहिलेसम्म भेदभाव भइरहनु दुःखद भएको बताए ।

पछिल्ला दिनमा दलित समुदायबाट स्वास्थ्य सेवामा कार्यरतको हातबाट औषधि नलिनु जस्ता घट्नाले लज्जित बनाएको बताए । साथै, यो समस्या दलितको मात्रै नभई राष्ट्रिय समस्या भएको प्रदेश प्रमुखले बताए । 

त्यसैगरी राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीले दलित समुदायले छोएको पानी मात्रै नभई माया पनि चल्न छोडेको बताए ।

युवावस्थामा प्रेम भएपनि जातको कारण मारिनेसम्मको घटना दुःखद भएको उनको भनाई थियो । 

गाउँ सहर संवाददाता

तपाईँको मत