वातावरण

काेटेश्वर बहुमुखी क्याम्पसमा Action Against Climate Change विषयमा अन्तरकलेज प्रतियाेगिता शुरू

काठमाडाैँ । काेटेश्वर बहुमुखी क्याम्पस जडिबुटी काठमाडाैँमा Action Against Climate Change विषयमा अन्तर क्याम्पस प्रस्तुतिकरण प्रतियोगिता आजबाट शुरू भएको छ ।

कोटेश्वर बहुमुखी क्याम्पस मानाविकी तथा सामाजिक शास्त्र विभाग, अनुसन्धान विभाग, स्ववियू, एसक्यूसीले आयोजना गरेको उक्त कार्यक्रममा उपत्यकाका सरकारी, सामुदायिक र निजी गरेर १६ कलेजका ३० प्रतिश्पर्धीले भाग लिएका छन् ।

उद्घाटन सत्रको प्रमुख अतिथिमा विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदी रहेका थिए भने कार्यक्रमको अध्यक्षता मानविकी तथा सामाजिक शास्त्र विभाग अन्तर्गत ग्रामीण विकास, समाजशास्त्र र आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख मनाेज अधिकारीले गरेका थिए ।

उदघाटन सत्रमा प्रमुख अतिथि प्रा.डा. भीमप्रसाद सुवेदी, क्याम्पस प्रमुख गाेबिन्दबहादुर कार्की, आरएमसी प्रमुख सेदुनाथ ढकाल र स्ववियू सभापति सञ्जय बुढाथाेकीले मन्तव्य राखेका थिए ।

आजकाे सत्रमा १३ जना प्रतिश्पर्धीले आफ्नाे प्रस्तुतिकरण गरेका थिए ।

तीन दिनसम्म चल्ने प्रस्तुतिकरण प्रतियोगिताको निर्णायकमा प्रा. डा. दीपक अर्याल (HoD, Hydrology and Meteriology, Central Department and Academician of NAST),  डा. सराेज ज्ञवाली (SSRI, General Secretary) र डुलराज चिमरिया (Deputy Director, UGC) व्यक्तित्व रहकाे कार्यक्रम संयाेजक स्वरूप त्रिपाठीले बताए ।

पुष १३ गते समापन हुने याे कार्यक्रमले सकारात्मक सन्देश दिने ग्रामीण विकास, समाजशास्त्र र आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख मनाेज अधिकारीले बताए । उनले भने- "याे प्रयासले युवा विद्यार्थीमा बढ्दाे वैश्विक तापमान र त्यसले वातावरणमा पारेकाे प्रभाव न्यूनिकरणमा भूमिका खेल्ने अपेक्षा गरेका छाैँ ।"

गाउँ सहर संवाददाता

तपाईँको मत