नगरका वडाध्यक्ष नै १५ लाख घुससहित पक्राउ
- गाउँ सहर संवाददाता
- ४ माघ बिहीबार, २०८० | ०८:०३:०० मा प्रकाशित
काठमाडौं । काभ्रेको बनेपा नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादेलाई घुससहित पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो ।
घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
१५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानीज ऐन, एक सय अमेरिकी डलर, हुण्डाई आई टेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
बादे नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनी नेविसंघ काभ्रेका पूर्वअध्यक्षसमेत हुन् । कार चालक प्रधान सिन्धुपाल्चोक बाह्रबिसेका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- टी–२० विश्वकप खेल्ने नेपाली टोलीलाई क्यानको बिदाइ (तस्बिरहरू)
- सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
प्रतिकृया दिनुहोस