साताको पहिलो दिन नै शेयर बजार दोहोरो अंककाे गिरावट
- गाउँ सहर संवाददाता
- ७ माघ आइतबार, २०८० | १६:०४:०० मा प्रकाशित
काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ ।
आइतबार नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ बिन्दुमा आडिएको होे । यसदिन बजारमा २ करोड २८ लाख २० हजार २७९ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँको कारोबार भएको छ ।
गत साताको अन्तिम कारोबारका दिन ७.२४ अंकले घटेर बन्द भएको शेयर बजार आज आइतबार प्रि अेपन सेसनबाट बढेरै खुलेको थियो ।
बैंकहरुको नाफामा आएका गिरावटसँगै शेयर बजारमा पनि त्यसको प्रभाव देखिएको छ । बैंकहरुको दोस्रो त्रैमाससम्म नाफामा करिब ९ प्रतिशतले गिरावट आएको छ । जसको कारणले शेयर बजार पनि प्रभावित हुनसक्ने जानकारहरु बताउँछन् ।
आजको करोबारमा अंखुखोला जलविद्युत कम्पनी, समाज लुघवित्त वित्तीय संस्था र हिमालयन लघुवित्त वित्तीय संस्थाले सर्वाधिक नाफा कमाएका छन् ।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स ५६ करोड ७९ लाख १० हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
प्रतिकृया दिनुहोस