गाउँ सहर

संस्कृति जाेगाउन भजन किर्तन तालिम

पाेखरा । पाेखरा महानगरपालिका वडा नं.३३ मा भजन किर्तन तालिम सम्पन्न भएको छ ।

स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा भजन किर्तन तालिम सम्पन्न  गरिएको वडा अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए । उक्त वडाले संचालन गरेको भजन किर्तन तालिमको समापनमा वडा सदस्य प्रकाश कार्की, दुर्गा के.सी. थापा र लिला नेपाली,स्थानीय शंकर अधिकारीले बाेलेका थिए ।

पुरानो संस्कृतिका रूपमा रहेको भजन चुट्का लोप हुने अवस्था आएपछि संरक्षणका लागि तालिम प्रदान गरिएको उनले बताए । “गाउँ गाउँमा पहिले सामूहिक भजन गाउने संस्कृति थियो, खुसीयालीका अवसरमा समेत भजन गाउने प्रचलन थियो, वडा अध्यक्ष अधिकारीले भने, अहिले पुरानो पुस्ता कमजोर बन्दै गएपछि यो लोप हुने अवस्थामा पुग्यो, तसर्थ यसलाई पुस्ता हस्तान्तरण गर्ने र संरक्षणका लागि प्रोत्साहन गर्ने उद्देश्यले यस प्रकारको तालिम दिइएको हो ।”

साबिक लेखनाथ नगरपालिकाको वडा नं. १६, १७, १८ का विभिन्न स्थानहरूमा २०/२० जनाको टोली बनाई प्रदान गरिएको तालिममा ६० जनाको सहभागिता रहेको थियो । एक हप्ते भजन कीर्तन तालिममा सहभागीहरूलाई प्रशिक्षकहरू सन्तोष अधिकारी, रमादेवी गौतम र साकार अधिकारीले प्रशिक्षण प्रदान गरेका थिए । "आगामी दिनमा तालिममा सहभागी टिमले भजन किर्तनको एल्बम निकाल्ने तयारीमा रहेको र उक्त एल्बम निकल्दा वडाको सहयोको अपेक्षा गरेको" प्रशिक्षक सन्तोष अधिकारीे बताए ।

अहिले सम्म यस वडामा यस्तो कार्यक्रम नआएको र अहिलेका जनप्रतिनिधिले यो तालिम वडावासीलाईदिएर वडामा लोप हुँदै गएको संस्कृति जोगाएको" प्रशिक्षक  रमा गौतमले बताइन् । सहभागीहरुबाट बिष्णु प्रसाद भण्डारी र साबित्री अधिकारीले आफ्नो मन्तव्य दिएका थिए । ३ टिममा बिभाजन गरिएको टिमको प्रतिसप्रधा गरिएको थियो र प्रतिस्पर्धामा साबिक वडा नं १६ (छप्ल्याङ) प्रथम भएको थियो ।

तालिममा सहभागीहरूलाई वडा अध्यक्ष अधिकारीले प्रमाणपत्र प्रदान गरे । समापनका अवसरमा उनीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रमको सञ्चालन वडा सचिव युवराज पौडेलले गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत