गाउँ सहर

राष्ट्रियसभा निर्वाचनको मतपरिणाम साँझ ७ बजेसम्म सार्वजनिक गर्ने

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनको मतपरिणाम आज (बिहीबार) साँझ ७ बजेसम्म सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले साँझ ७ बजेभित्र सबै प्रदेशमा मतगणना सम्पन्न गरी आयोगले परिणाम सार्वजनिक गर्ने तयारी गरेको रातोपाटीलाई जानकारी दिए ।

प्रमुख आयुक्त थपलियाले भने,‘मतगणना सम्पन्न गर्ने आयोगको लक्ष्य आजै साँझ ७ बजेसम्म तय गरेका छौँ । ७ बजेसम्म निर्वाचनको परिणाम सार्वजनिक गर्ने हाम्रो तयारी रहेको छ । मतगणना स्थलमा पनि छिटो गणना सम्पन्न गर्छौ भनेका छन् । ७ बजे भनेपनि ढिलोमा साढे ७ होला तर भोलि हुँदैन ।’

राष्ट्रियसभाको १९ सिटका लागि बिहीबार भएको निर्वाचन दिउँसो ३ बजे सम्पन्न भएको छ । ७  प्रदेशमा रहेको मतदान केन्द्रमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ । राष्ट्रिय सभामा १९ पदका लागि ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत