प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसले जित्यो
- गाउँ सहर संवाददाता
- २० माघ शनिबार, २०८० | १६:०२:०० मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको छैटौं संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
आर्मीले दिएको १८२ रन लक्ष्य पछ्याएको पुलिसले ३७ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । पुलिसका शंकर रानाले अर्धशतक बनाए । उनले अविजित ६२ रन जोडे । आरिफ शेखले २७, अमीत श्रेष्ठले २८, अर्जुन साउदले ३६, कुशल भुर्तेलले १४, दिलिप नाथले ७ रन बनाए ।
बलिङमा आर्मीका जितेन्द्र मुखिया, कुशल मल्ल, शाहव आलम र बसिर अहमदले १/१ विकेट लिए ।
यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको थियो । आर्मीका लागि विवेक यादवले ६३, सोमपाल कामीले ३९, इम्रान शेखले २८, कुशल मल्ल १७, सन्तोष कार्कि ७, भिम सार्की ५, कप्तान विनोद भण्डारी २, शाहव आलम २, जितेन्द्र मुखिया २, बसिर अहमद १ र सन्दीप रजाइली शुन्य रनमा आउट भएका थिए ।
६९ रनमा ७ विकेट गुमाएको आर्मीलाई सोमपाल र विवेकले उकासेका थिए । आठौं विकेटका लागि सोमपाल र विवेकले ५९ रनको साझेदारी गरेका थिए ।
बलिङमा पुलिसका ललित राजवंशीले र कप्तान दीपेन्द्रसिंह ऐरीले ३/३, सागर ढकाल, कुशल भुर्तेल र करण केसीले १/१ विकेट लिएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेरबजार : नेप्सेमा ४ अर्ब २३ करोडको कारोबार
- गिरीबन्धु टि-स्टेट प्रकरणमा देउवा-ओली आमने सामने
- संसद बैठक चार बजे
- कुनैपनि राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ - डा. शेखर काेइराला
- सफाइ पाएसँगै सन्दीपको निलम्बन फुकुवा, विश्वकप खेल्न पठाउने तयारी
- सन्दीप लामिछानेकाे जिल्ला अदालतको फैसला उच्चले उल्टायो, पाए सफाइ
- यस्ताे छ प्रतिनिधिसभा बैठकका सम्भावित कार्यसूची
- गफै त हाे : पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय २३५१ अमेरिकी डलर पुर्याइने
- बैंकहरूकाे ब्याजदरमा परिवर्तन, यस्ताे छ बैंकअनुसार निक्षेपको ब्याजदर
- काठमाडाैं महानगरकाे निःशुल्क सीप तालिम लिन ६८ हजार जनाभन्दा धेरैको आवेदन
प्रतिकृया दिनुहोस