तिहारअघि नेप्से घटेर बन्द, ५ अर्ब ९५ करोडकाे काराेबार
- गाउँ सहर संवाददाता
- १४ कार्तिक बुधबार, २०८१ | १६:२१:०० मा प्रकाशित

काठमाडौं । तिहार अघिकाे अन्तिम कारोबार दिन नेप्से सूचक १४.४३ अंकले घटेर बन्द भएको छ। तर कारोबार रकम भने मंगलबारकै हाराहारीमा भएकाे छ।
बुधबार नेप्से सूचक १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा झरेको हो। यस दिन ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार ७८७ रुपैयाँ बराबरको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमा ३ उपसमूहको सूचक सकारात्मक छन् भने बाँकी १० उपसमूहको सूचक नकारात्मक छ। जसमा होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.५२ प्रतिशतले बढेको छ भने लगानी उपसमूहको सूचक सबैभन्दा धेरै १.४१ प्रतिशतले घटेको छ।
बुधबार सिइडिबी हाइड्रोपावरको सबैभन्दा धेरै ३४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सानिमा जिआइसी इन्स्योरेन्सको २६ करोड र सोल्टी होटलको २० करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
यस दिन गुँरास लघुवित्त र मिड सोलु हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अपर स्यांगे हाइड्रोपावर ९.९९ प्रतिशत र कुथलि बुखरी हाइड्रोपावरको ९.९८ प्रतिशतले बढेको छ।
यता जानकी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४.९० प्रतिशत घटेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको ४.८० प्रतिशत र माथिल्लो मैलुङको ४.५५ प्रतिशतले घटेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस