तिहारअघि नेप्से घटेर बन्द, ५ अर्ब ९५ करोडकाे काराेबार
- गाउँ सहर संवाददाता
- १४ कार्तिक बुधबार, २०८१ | १६:२१:०० मा प्रकाशित
काठमाडौं । तिहार अघिकाे अन्तिम कारोबार दिन नेप्से सूचक १४.४३ अंकले घटेर बन्द भएको छ। तर कारोबार रकम भने मंगलबारकै हाराहारीमा भएकाे छ।
बुधबार नेप्से सूचक १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा झरेको हो। यस दिन ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार ७८७ रुपैयाँ बराबरको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमा ३ उपसमूहको सूचक सकारात्मक छन् भने बाँकी १० उपसमूहको सूचक नकारात्मक छ। जसमा होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.५२ प्रतिशतले बढेको छ भने लगानी उपसमूहको सूचक सबैभन्दा धेरै १.४१ प्रतिशतले घटेको छ।
बुधबार सिइडिबी हाइड्रोपावरको सबैभन्दा धेरै ३४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सानिमा जिआइसी इन्स्योरेन्सको २६ करोड र सोल्टी होटलको २० करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
यस दिन गुँरास लघुवित्त र मिड सोलु हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अपर स्यांगे हाइड्रोपावर ९.९९ प्रतिशत र कुथलि बुखरी हाइड्रोपावरको ९.९८ प्रतिशतले बढेको छ।
यता जानकी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४.९० प्रतिशत घटेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको ४.८० प्रतिशत र माथिल्लो मैलुङको ४.५५ प्रतिशतले घटेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
प्रतिकृया दिनुहोस