गाउँ सहर

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो

काठमाडौँ। सोह्र श्राद्धको अन्तिम दिन आज काठमाडौँस्थित पशुपतिनाथ मन्दिरको वाग्मती नदी किनारमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने श्रद्धालुको घुइँचो लागेको थियाे।

पितृको आत्माको चिरशान्तिको कामना गर्दै बिहानैदेखि श्रद्धालुहरू धार्मिक विधिअनुसार कर्मकाण्डमा सहभागी भएका थिए। पशुपति क्षेत्रमा श्राद्ध गराउँदै आएका पण्डित दीर्घराज रेग्मी र नन्दराम लुइँटेलका अनुसार सोह्र श्राद्ध पितृप्रति श्रद्धा र सम्मान प्रकट गर्ने धार्मिक परम्परा हो। श्रद्धालुको चाप बढेसँगै धार्मिक कर्मकाण्ड गराउने पण्डितहरूलाई भ्याइनभ्याई भएको थियाे।

गाउँ सहर संवाददाता

तपाईँको मत