खेल

साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दै

काठमाडाैं । बङ्गलादेशको ढाकामा चलिरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दैछन् ।

खेल बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ ।

खेलमा जित भएमा नेपाल फाइनल पुग्नेछ भने पराजित भए बाहिरिनेछ । चार टोली सहभागी प्रतियोगितामा आयोजक बङ्गलादेश दुई खेलबाट ६ अङ्कसहित शीर्ष स्थानमा छ ।

नेपाल र भारतको दुई खेलबाट समान तीन अङ्क छ । लगातार दुई हार बेहोरेको भुटान अङ्कविहीन छ ।

नेपाल र भारतको समान अङ्क भए पनि भारत गोल अन्तरमा अघि छ । आजको खेलमा भारतले नेपालसँग बराबरी खेलेमा पनि फाइनल पुग्नेछ । प्रतियोगिताको फाइनल खेल पर्सि हुनेछ । 

गाउँ सहर संवाददाता

तपाईँको मत