गाउँ सहर

११ ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग

काठमाडौं । सरकारले काम सन्तोषजनक नभएका ११ ठेकेदार कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।

विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्न सिफारिसमा परेका कम्पनीहरूलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालो सूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको हो ।

सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (४क) बमोजिम लिखित स्पष्टीकरण पेस गर्न कार्यालयले निर्देशन दिएको छ । जवाफ चित्तबुझ्दो नभए कार्यालयले यी कम्पनीलाई कालोसुचीमा राख्ने छ ।

सात दिने स्पष्टीकरण सोधिएका कम्पनीहरूको विवरण यस्तो छ–

 

गाउँ सहर संवाददाता

तपाईँको मत