अर्थतन्त्र

कति घट्यो वाणिज्य बैंकको मुद्दती निक्षेपमा ब्याजदर ?

काठमाडौँ । वाणिज्य बैंकहरूले फागुन एकदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदर अनुसार, २० वटा बैंकमा १६ वटाले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् भने ४ वटाको स्थिर रहेको छ ।

माघको तुलनामा फागुनमा बैंकको ब्याजदर औषतमा ०.४० प्रतिशत बिन्दुले घटेको छ । माघमा औषतमा बैंकको ब्याजदर ८.१६ प्रतिशत रहेको थियो । फागुनमा औषतमा ७.७५ प्रतिशत हुनेछ । अर्थात माघ महिनामा ८.१६ प्रतिशतबिन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुको औषत ब्याजदर फागुनमा ७.७५ प्रतिशतबिन्दु कायम हुने भएको छ ।

फागुनमा ब्याजदर स्थिर राख्ने बैंकमा एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंक रहेका छन् । एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे बैंकको ब्याजदर मुद्दति निक्षेपमा ८ प्रतिशत रहेको छ भने हिमालयन बैंकको ८.१५ प्रतिशत रहनेछ । फागुन महिनामा सबैभन्दा बढी ब्याज दिनेमा एनएमबि बैंक रहेको छ । एनएमबिको ८.५० प्रतिशत रहेको छ । ८ प्रतिशत भन्दा बढी ब्याज हुने बैंकमा कुमारी, नेपाल एसबिआई, हिमालयन, एनएमबि र सिटिजन्स बैंक रहेका छन् । ७ प्रतिशत भन्दा कम ब्याज दिनेमा ८ वटा बैंक रहेका छन् ।

जसमा नेपाल बैंकले ७.२५ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकको ७.३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ७.३५ प्रतिशत, प्राइम बैंकको ७.४० प्रतिशत, प्रभु बैंक ७.५० प्रतिशत, सानिमा बैंकको ७.५१ प्रतिशत, ग्लोबल आइएमई ७.६० र नबिल बैंकको ७.७५ प्रतिशत रहेको छ । ७ प्रतिशत भन्दा कम ब्याजदर कृषि विकास बैंकको ६.४४ प्रतिशत मात्रै रहेको छ । बैंकहरुले फागुन १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदरमा केही बैंकले भने अधिकतम पाँच वर्षसम्मको ब्याजदर तय गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत