खेल

नेदरल्याण्ड्स विरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै, नेपाली टिममा परिवर्तन

काठमाडाैं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ ।

नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएसँगै नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो । आज नेपाली टोलीमा दुई परिवर्तन भएको छ । देव खनाल र सोमपाल कामीले विश्राम पाउँदा गुलशन झा र आरिफ शेख टोलीमा आएका छन् ।

नेदरल्यान्ड्सले पनि टोलीमा एक परिवर्तन गरेको छ । शारिज अहमदको स्थानमा विक्रमजित सिंह टोलीमा आएका छन् । उनको लागि यो सिरिजको पहिलो खेल हो ।

नेपालको प्लेइङ ११:

कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, रोहितकुमार पौडेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, करण केसी, ललित नारायण राजवंशी

गाउँ सहर संवाददाता

तपाईँको मत