अछाममा टयाक्टर दुर्घटना हुँदा एकै वडाका ५ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १२ चैत सोमबार, २०८० | ११:३१:०० मा प्रकाशित
काठमाडाैं । अछामको मेल्लेख गाउँपालिका- ७ नन्देगडाको सुयडीमा टयाक्टर दुर्घटना हुँदा एकै वडाका ५ जनाको मृत्यु भएको छ।
साेमबार बिहान भएकाे दुर्घटनामा अन्य २ जना घाइते भएका प्रहरीले जनाएको छ।
मेल्लेखबाट साँफेबगरतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर ग्रामीण सडक खण्डकाे सुयडी नजिकै दुर्घटनामा भएको स्थानीय नवराज उपाध्यायले जानकारी दिए।
मृत्यु हुने सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिए।
मृत्यु हुनेमा मेल्लेख गाउँपालिका- ७ का ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, १५ वर्षीय किशोर जनक धामी र २१ वर्षीय युवक जनक धामी छन्। दुर्घटनामा सोही ठाउँका ४२ वर्षीय लालबहादुर धामी र ४० वर्षीय हंस धामी र नाम नखुलेका अर्का एक बालक घाइते भएका छन्।
घाइतेलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको अछाम प्रहरीले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
प्रतिकृया दिनुहोस