खेल

आयरल्यान्ड ‘ए’ विरूद्ध नेपालकाे विजयी शुरूवात

काठमाडौं । आयरल्यान्ड वल्भसविरुद्ध दुई टी-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले सहज जित दर्ता गरेको छ । नेपालले आइरिश टोलीविरुद्ध ६ विकेटको जित दर्ता गरेको हो ।

आयरल्यान्डले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पछ्यायो । नेपालका लागि कुशल भुर्तेलले ३२ बलमा ४ चौका सहित सर्वाधिक ३७ रनको अविजित इनिङ खेले । यस्तै दिपेन्द्र सिंह ऐरिले १२ बलमा २ चौका र १ छक्कासहित २० रनमा नटआउट रहे । सन्दिप जोराले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३६ रन बनाए । 

आयरल्यान्डको पहिलो शिकार ओपनर ब्याटर आसिफ शेख रहेका थिए । चौथो ओभरमा उनी ११ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन बनाएर ग्यारेथ डीलेनीको बलमा आउट भएका थिए । सोहि ओभरमा कप्तान रोहित पौडेल २ बल खेल्दै शुन्यमा पेभेलियन फर्किए ।

 गुलशन झा पाचौ ओभरमा बेन व्हाइटको बलमा ४ रन बनाएर क्याच आउट भए ।  ३७-३ को अवस्थाबाट ओपनर कुशल भुर्तेल र सन्दिप् जोराले इनिङ सम्हाल्दै चौथो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । सो साझेदारी सन्दिप थोमस माएसको बलमा क्याच आउट भएपछि तोडिएको थियो ।

आयरल्यान्डका लागि ग्यारेथ डीलेनीले २ तथा बेन व्हाइट र थोमस माएसले समान १-१ विकेट लिए । 

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आइरिश टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाउन सक्यो । आयरल्यान्डका लागि ओपनर स्टेफन डोहनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । तर अन्य ब्याटर भने चल्न सकेनन् ।   

गाउँ सहर संवाददाता

तपाईँको मत