अर्थतन्त्र

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध बीमा वापत १ करोड २० लाख बीमा रकम भुक्तानी

काठमाडाैं । बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत २०८० आषाढ १८ देखि फाल्गुण १४ सम्ममा घातक रोगको बीमा वापत सात जना र दुर्घटनामा पर्नु भएका पाँच जना गरी कुल १२ जना खातावालाहरूलाई प्रतिव्यक्ति रू. १० लाखको दरले जम्मा रू. १ करोड २० लाख बीमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको छ । बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोल्नुभएका निज ग्राहक महानुभावहरू तथा परिवार सदस्यलाई बीमा कम्पनीहरुले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो ।

यस बैंकको काठमाडौंस्थित नागपोखरी शाखामा खाता खोल्नु भएकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोल्नु भएका चक्र बहादुर कटुवाल, रुपन्देहीस्थित राम मन्दिर बुटबल शाखामा खाता खोल्नु भएकी पार्वती श्रेष्ठ, रुपन्देहीस्थित सउ फर्सटिकर शाखामा खाता खोल्नु भएका पुन्य प्रसाद ढकाल र कास्कीस्थित न्युरोड पोखरा शाखामा खाता खोल्नु भएका विजय कुमार गुरुङलाई दुर्घटना बीमा बापत एवं काठमाडौंस्थित कर्पोरेट अफिस शाखामा खाता खोल्नु भएकी एलिना न्यौपाने र काठमाडौंस्थित कालोपुल शाखामा खाता खोल्नु भएकी निर्मला चापागाँईलाई घातक रोग बीमा वापत जनही रू. १० लाख प्रतिव्यक्तिका दरले कुल रू. ७० लाख रकम प्रदान गरिएको हो ।

निज लाभग्राहीहरूले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गर्नुभएको हो । त्यसैगरी सिराहास्थित मिर्चैया शाखामा खाता खोल्नुभएका राधेश्याम रजक साफी, ललितपुरस्थित पुल्चोक शाखामा खाता खोल्नुभएका तेज बहादुर सुवेदी, चितवनस्थित चनौली शाखामा खाता खोल्नुभएका गणेश बहादुर गुरुङ, बर्दियास्थित मग्रागढी शाखामा खाता खोल्नुभएकी कुमारी रिता भुसाल र बारास्थित कलैया शाखामा खाता खोल्नु भएका कन्हैया लाल चौधरीले दुर्घटना बीमा वापत जनही रू. १० लाख प्रतिव्यक्तिका दरले कुल रू. ५० लाख रुपैयाँ नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ प्रदान गरिएको हो ।

यस बैंकको बीमा सहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ६ हजार ३ सय ६१ भन्दा बढीलाई रू. १४ करोड ३८ लाखभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ । जसमध्ये घातक रोग बीमा वापत ३३ बढीलाई रू. ३ करोड ५० लाखभन्दा बढी, दुर्घटना बीमा वापत २६ बढीलाई रू. २ करोड ६० लाख बढी र मेडिकल बीमा वापत ६ हजार ३ सय २ भन्दा बढीलाई रू. ८ करोड २८ लाख १० हजारभन्दा बढी रकम प्रदान गरिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत