गाउँ सहर
मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- गाउँ सहर संवाददाता
- १४ चैत बुधबार, २०८० | २०:००:०० मा प्रकाशित
सुर्खेत । मुगुमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
मुगुको गमगढीबाट सोरू गाउँपालिका तारापानीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ज ००५९ नम्बरको जिप बुधबार दिउँसो ४ बजेतिर सोरूको कच्चे भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर सोरू गाउँपालिका–७ का जिप चालक कविराज नेपाली र सोरू–२ की २५ वर्षीया कुसुम नेपालीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाका अनुसार घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिपमा ६ जना सवार थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस