साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- गाउँ सहर संवाददाता
- १५ चैत बिहीबार, २०८० | १६:५४:०० मा प्रकाशित
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.७८ अंकले बढेर २०३५.६४ बिन्दुमा बन्द भएको छ।
आज कूल ६६ लाख १२ हजार ८८५ कित्ता शेयर २ अर्ब ६५ करोड २६ लाख ९० हजार रुपैयाँमा कारोबार हुँदा ११९ वटा कम्पनीको शेयरमूल्य बढेको छ। ११६ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने १० कम्पनीको शेयरमूल्य स्थिर छ।
साताभर नै घट्दो क्रममा रहेको नेप्से झिनो अंकले बढ्दा आज हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडका शेयरधनीले प्रतिकित्तामा १० प्रतिशत (२८.७० रुपैयाँ) कमाएका छन्। यो कम्पनीको प्रतिकित्ता शेयरमूल्य ३१५.७० रुपैयाँ पुगेको छ।
साताभर नै सकारात्मक सर्किट लाग्दै आएको सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रतिकित्ता शेयरमूल्य पनि ९८.१० रुपैयाँले बढेर १०८२.७० रुपैयाँ पुगेको छ। आज एकै दिन यो कम्पनीको शेयर ९.९६ प्रतिशतले वृद्धि भई सर्वाधिक कारोबार गर्न सफल भएको छ।
त्यसैगरी सर्वाधिक गुमाउनेहरूमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन्। यी दुई कम्पनीका शेयरधनीहरूले प्रतिकित्ता शेयरमा क्रमशः १६५ र १४५.४० रुपैयाँ गुमाएका छन्। दुबै कम्पनीको शेयरमूल्यमा १० प्रतिशत गिरावट भएको हो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित
- वेस्ट इन्डिजविरुद्ध जितका लागि नेपाललाई २०५ रनको लक्ष्य
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
प्रतिकृया दिनुहोस