राजनीति

आलोपालोमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने भएपछि विश्वासको मत दिन तयार

बागमती प्रदेशमा एकीकृत समाजवादी संसदीय दलको नेता कृष्णप्रसाद शर्मा खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अन्ततः बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा यसबारे सहमति भएको हो ।

 वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएसँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका हुन् ।

एकीकृत समाजवादी संसदीय दलको आइतबार बसेको बैठकले सरकारको नेतृत्वमा आलोपालो नभए विश्वासको मत नदिने अडान लिएपछि मुख्यमन्त्री जम्मकट्टेल दबावमा परेका थिए । किनकी सोमबार १ बजे प्रदेशसभामा उनले विश्वासको मत लिने कार्यसूचि थियो ।

जम्कट्टेलाई आफ्नो नेतृत्वको सरकार जोगाउन नेकपा एसको समर्थन चाहिन्छ । 

११० सदस्यीय बागमती प्रदेशमा जम्कट्टेललाई बहुमतका लागि ५६ सांसद चाहिन्छ । उनले केही दिनअघिमात्र हाम्रो नेपाली पार्टी (हानेपा) का संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएर विश्वासको मत लिने वातावरण बनाएका थिए । एमाले-माओवादी-नेकपा एससँग जम्मा ५५ सांसद छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत