दिगोविकास
सुनकाे मूल्य १ लाख ३६ हजार २ सय रुपैयाँ
- गाउँ सहर संवाददाता
- २६ चैत सोमबार, २०८० | १२:०२:०० मा प्रकाशित
काठमाडौं । सोमबार पनि सुनको मूल्यले नयाँ इतिहास कायम गरेको छ । आइतबार एकै दिन छापावाला सुनको मूल्य २९ सय रुपैयाँले बढेर १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको थियो । उक्त मूल्य हालसम्मकै बढी थियो ।
तर सोमबार पनि सुनको मूल्य ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै बढी हो ।
त्यस्तै सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै सोमबार चाँदीको मूल्य पनि हालसम्मकै बढी मूल्य कायम भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १६ सय ८५ रुपैयाँ कायम भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
प्रतिकृया दिनुहोस