राजनीति
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल नियुक्त
- गाउँ सहर संवाददाता
- २७ चैत मंगलबार, २०८० | २०:४९:०० मा प्रकाशित
काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्। उनले आजै मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।
कँडेलले एमालेका ९, नेकपा माओवादी केन्द्रका १३ र नेकपा एकीकृत समाजवादीका १ गरी २३ सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुख तिलक परियार समक्ष मंगलबार अपराह्न मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।
मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय आजसम्म थियो। कर्णाली प्रदेशमा सरकार गठनका लागि २१ जना आवश्यक पर्छ।
केन्द्रमा गठबन्धन फेरबदल भएसँगै प्रदेशमा पनि सत्ता समीकरण बदलिएको छ। पहिलेका मुख्यमन्त्री माओवादी केन्द्रका राजकुमार शर्माले राजीनामा दिएपछि एमालेका कँडेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
प्रतिकृया दिनुहोस