नेपालले आज एसीसी प्रिमियर कपमा हङकङसँग खेल्दै
- गाउँ सहर संवाददाता
- ३ बैशाख सोमबार, २०८१ | ०७:३३:०० मा प्रकाशित
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दैछ । खेल मध्याह्न ११:४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुनेछ ।
नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो ।
आइतबार साउदीले दिएको २०३ रनको लक्ष्य पछ्याएको हङकङ १४७ रनमा अलआउट भएको थियो । शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न हङकङले नेपाललाई हराउनैपर्ने दबाब छ । हङकङ लगातार दोस्रो दिन खेल्दा नेपाल एकदिनको विश्रामपछि खेल्दैछ । त्यसैले नेपाललाई केही फाइदा हुनसक्छ ।
यता कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।
प्रमुख बलर करण, सोमपाल र अभिनाशले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । शीर्षक्रमका ब्याटर आसिफ शेख, कुशल भुर्तेल र रोहित पौडेलले राम्रो स्ट्राइकरेटमा रन बनाउनु पर्ने हुन्छ ।
नेपालले विवेक यादवको स्थानमा करण केसीलाई टोलीमा फर्काउने सम्भावना छ । दोस्रो खेलमा नेपालले करणलाई विश्राम दिएको थियो ।
यता हङकङका कप्तान निजाकत खान, बाबर हायत, मार्टिक कोट्जी र अंशुमन रथ प्रमुख ब्याटर हुन् । शीर्ष चार ब्याटरमा बढी निर्भर हुँदा समयमै विकेट लिन आवश्यक देखिन्छ । गत मार्चमा त्रिकोणात्मक सिरिजमा नेपाललाई हराउन बाबर हायतले ४९ बलमा ३ चौका र १३ छक्कासहित ११० रनको शतकीय इनिङ खेलेका थिए । नेपालको फ्रेन्चाइज लिग खेल्दै खेलाडीबारे जानकार हायत घातक बन्न सक्ने खेलाडी हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
प्रतिकृया दिनुहोस