पर्यटन

आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)

दाेलखा । कालिञ्चोक भगवती दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । यो मन्दिर ३८४२ मिटरको उचाइमा छ । कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौँको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ ।

कालिञ्चोक डाँडाबाट मनोरम रोल्वालिङ हिमशृङ्खला र मनोरम प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ । जनैपुर्णिमा, दसैँ, चैते दसैँमा भक्तजनको भिड लाग्ने गर्दछ ।

कालिञ्चोक हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो । चरिकोटदेखि करिब १७ किलोमिटर दुरीमा रहेको कुरी बजारसम्म कच्ची मोटर बाटो बनेको छ । जुन बाटोमा जिप गाडी र मोटरसाइकल चलाउन सकिन्छ ।

सुख्खा याममा यदाकदा मिनिबस पनि चलाउन सकिन्छ । यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन उपलब्ध छैन । कुरी बजारदेखि उकालो करिब १ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती स्थानमा साथै ५ -१० मिनेटमा केवलकारबाट पनि पुग्न सकिन्छ ।

गाउँ सहरले कैद गरेका केही तस्बिरहरूः

गाउँ सहर संवाददाता

तपाईँको मत