गाउँ सहर

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा परेकाे छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेकाे हाे ।

काठमाडौं जिल्ला अदालतले सन्दीपले गौशाला २६ (छ) को जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा थप दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीप गएको फागुन १० गते पुनरावेदन गरेका थिए ।

काठमाडौं जिल्ला अदालतले गौशाला २६ लाई बालिग ठहर गरेको र सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ ।

दुवै मुद्दामा आज एकैसाथ सुनुवाइ गर्ने तय भएको थियो । 

यसअघि, उच्च अदालतले पीडित गौशाला २६ को जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश गरेको थियो । काठमाडौं जिल्ला अदालतबाट तीनपटकसम्म जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश भएको थियो । एकपटक पीडित गौशाला २६ की आमाको समेत जन्मदर्ता झिकाउन आदेश जिल्ला अदालतले गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत