अर्थतन्त्र

शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका अनुसार (नेप्से) परिसूचक बुधबार शून्य दशमलव १५ अंकले बढेर एक हजार नौ सय ६९ दशमलव १७ विन्दुमा पुगेको छ ।

बुधबार बैंकिङ, फाइनान्स, उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।

बुधबार पोखरा फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सामान्य बजार बढेको दिन माई खोला हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

यस्तै, बुधबार तीन सय १३ वटा कम्पनीको ७२ लाख ८४ हजार कित्ता शेयर दुई अर्ब ५३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीको ६३ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत