आज २५६८औँ बुद्ध जयन्ती मनाइँदै
- गाउँ सहर संवाददाता
- १० जेठ बिहीबार, २०८१ | ०६:५८:०० मा प्रकाशित

काठमाडौं । वैशाख शुक्ल पूर्णिमाका दिन आज बुद्ध जयन्ती । २५६८ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी विश्वभर मनाइँदै छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।
नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिएका थिए ।
बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गरेको मुख्य कुरा चार आर्य सत्य रहेका छन् । यसलाई बुद्धले दिएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।
यसैगरी आज किराँत समुदायमा उभौली पर्व मनाइँदै छ । प्रकृतिका पुजारी यस समुदायले बैशाख पूर्णिमाका दिन अन्नबाली सप्रियोस, राम्रो बाली लागोस, पृथ्वीमा कही कतै खाधान्नको कमी नहोस भन्दै यस उभौली पर्व मनाउँछन् । चण्डी नाच गरिने भएकाले आज चण्डी पूर्णिमा पनि भनिन्छ । चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन हो ।
आजै चण्डेश्वरी जात्राको औपचारीक सुरुवात भएको छ । विशेषत: काठमाडौं नजिकैको वनेपा सहर र आसपासका क्षेत्रमा यस जात्राको रौनक रहने गर्दछ । यस जात्रामा बाजागाजासहित रथलाई चण्डेश्वरीसम्म लगेर भोलिपल्ट देवीको मूर्तिलाई रथमा राखेर लिएर फर्कने चलन छ । बैशाख शुक्ल पूर्णिमाको दुई दिनदेखि भव्यरुपमा चण्डेश्वरी जात्रा मनाउने गरिन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘सगरमाथा संवाद २०२५’ घोषणापत्र जारी, जलवायु वित्त परिचालन गर्न जोड
- ब्रिटिस कलेजको व्यवस्थापनमा पोखरामा ए-लेभल सुरु
- संसदमा सांसदहरूका कुरा (लाइभ)
- आज कुन-कुन प्रदेशमा वर्षा, हावाहुन्डरीको सम्भावना ?
- आज कुन-कुन प्रदेशमा वर्षा, हावाहुन्डरीको सम्भावना ?
- प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- मे १७: तरकारीमा मिठो जिरा, लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा
- थेसिस बुझाउन बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दियो अन्तिम मौका
- हाजिरी जमानीमा छोड्न सर्वोच्चको आदेशपछि छुटे हिरासतमुक्त भएपछि रवीन्द्र मिश्र
- ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदै, १७५ विदेशी पाहुना काठमाडौंमा
प्रतिकृया दिनुहोस