माओवादी केन्द्र भन्छ- विश्वासको मत नपाए धारा ७६ को ३ अनुसारनै सरकार
- गाउँ सहर संवाददाता
- २६ असार बुधबार, २०८१ | १६:५७:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले सदनमा विश्वासको मत प्राप्त गर्न नसके नयाँ सरकार संविधानको धारा ७६ को ३ बमोजिम गठन हुने दाबी गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले असार २८ गते विश्वासको मत प्राप्त गर्ने दाबी गर्दै प्रधानमन्त्रीले विश्वासको मत नपाएमा संविधानको धारा ७६ को उपधारा ३ अनुसारकै सरकार बन्ने निष्कर्ष निकालेको छ ।
बैठकको निर्णय बारे जानकारी दिदैँ प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल बारे जानकारी गराएको बताए । प्रचण्डले बैठकमा कांग्रेससँग सहमति भइसकेपछि पनि मिलेर जानुपर्छ भन्दै झुट बोलेको बताएको पाण्डेले जानकारी दिए ।
उनले असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिने र विश्वासको मत लिएपछि आउने परिणाम अनुसार अगाडि बढ्ने निर्णय गरेको बताएका छन् ।
पाण्डेले भने- ‘संविधानको रक्षाको लागि सबै परिवर्तनकारी शक्तिहरूसँग सहकार्य गर्ने निर्णय गरेका छौं । हामी प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा सशक्त भूमिका खेल्छौं । संविधान नै संशोधन गर्ने कुरा आएकोले यो संविधानलाई गतिशिल बनाउनको लागि र अझै राम्रो बनाउनको लागि हामी सशक्त भूमिका खेल्छौं । संविधानलाई अक्षरश पालना गरेर जानुपर्छ ।’
ओलीले धाेका दिए
दाहालले वामपन्थीहरूलाई एकताबद्ध बनाउने उद्देश्यले एमालेसँग सत्ता सहकार्य गरेको तर अध्यक्ष केपी शर्मा ओलीबाट धोका भएको बताएका छन् ।
पार्टी संसदीय दलको सिंहदरबारमा बुधबार बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै दाहालले एमाले अध्यक्ष ओली कांग्रेससँग मिल्दा माओवादीलाई घाटा भने नभएको बताए । 'हामीले वामपन्थीहरूलाई एकताबद्ध बनाउने उद्देश्यले नै एमालेसँग मिलेका हौं । केपी ओलीलाई नबुझेको थिएन तर मान्छे हो, हन्डर खाएर रुपान्तरित भए कि भन्ने भ्रम पर्यो,' दाहालले सांसदहरूलाई भनेका थिए, 'यस्तो गरी धोका दिन्छन् जस्तो लागेको थिएन ।'
एमालेबाट सभामुख बनेका देवराज घिमिरेले प्रतिनिधिसभा सचिवमा पूर्वसचिव सुरेश अधिकारीलाई नियुक्तिका लागि सिफारिस गरेबाटै गम्भीर संकेत भने मिलेको दाहालले बताएका थिए । एक सांसदका अनुसार ओलीलाई प्रधानमन्त्री पद नै चाहिएको भए तत्काल छोडिदिन्छु वामपन्थी गठबन्धन कायम राख्न प्रस्ताव राखेको दाहालले जानकारी दिएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस