काराेबार रकममा खासै सुधार नभएपनि नेप्से २५ सय अंकमाथि
- गाउँ सहर संवाददाता
- १४ असोज सोमबार, २०८१ | १५:३१:०० मा प्रकाशित

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको सुधार आएको छ । सोमबार सेयर बजारले २५०० अंक नाघेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४४.४५ अंक बढेसँगै २५०८ मा कायम भएको हो। परिसूचक बढ्दा करोबार रकम घटेको छ। अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७१ करोडको भयो।
आज २१० कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो भने एउटाको स्थिर रह्यो। म्युचुअल फन्डबाहेक सबै क्षेत्रका सूचक बढे। बैंकिङ १.१८, विकास बैंक १.९३, फाइनान्स ४.१९, होटल तथा पर्यटन ३.२८, हाइड्रोपावर १.२२, लगानी २.४५, जीवन बीमा १.७८, उत्पादन ३.८३, माइक्रोफाइनान्स १.८५, निर्जीवन बीमा ०.७१, अन्य २.३७ तथा व्यापार समुह १.५२ प्रतिशत बढे।
यसदिन मूल्य धेरै बढेका १० कम्पनीमा ४ वटा सिमेन्ट कम्पनी रहे। अर्थात् सूचीकृत चार वटै सिमेन्ट कम्पनी मूल्य उच्च दरमा बढेका टप १० कम्पनीमा परे। सीईडीबी हाइड्रोपावरको १०, युनाइटेड मोदी हाइड्रोको ९.५, सर्वोत्तम सिमेन्टको ९.४, सोनापुर सिमेन्टको ९.१, शिवम् सिमेन्टको ७.९, माहुली लघुवित्तको ७.३, हाथवे इन्भेस्टमेन्टको ७.१, घोराही सिमेन्टको ६.८ प्रतिशत मूल्य बढ्यो।
दसैँतिहारपछि निर्माण क्षेत्र चलायमान हुने संकेतका कारण लगानीकर्ता यस क्षेत्रमा मोडिएका छन्। बाढीपहिरोले क्षति पुर्याएका संरचना निर्माणका क्रममा पनि सिमेन्टको माग बढ्ने भएकाले यस क्षेत्रमा लगानी आकर्षण देखिएको हो। अघिल्लो दिन पनि बजार घट्दा समेत उत्पादन क्षेत्र बढेको थियो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस