उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सम्पन्न छठ
- गाउँ सहर संवाददाता
- २३ कार्तिक शुक्रबार, २०८१ | ०८:२७:०० मा प्रकाशित

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको चौथो दिन आज बिहान देशभरिका जलाशयबाट उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो ।व्रतालुले अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका थिए । भजनकिर्तनसहित रातभर जाग्राम बसेका व्रतालुले आज बिहानै पूजासामग्री र प्रसादसहित उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन् ।
सूर्यको उपासनासहित विधिपूर्वक छठ पर्व मनाउँदा पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा हुने जनविश्वास छ । यही विश्वासका साथ सूर्यलाई अर्घ अर्पूण गर्ने श्रद्धालुको पोखरी, नदी, तलाउ लगायतका जलासयमा भीड लागेको थियो ।
छठ पूजाका सामग्री प्रसादको रुपमा ग्रहण गर्ने तथा वितरण गर्ने प्रचलन छ । पहिलापहिला मिथिलाञ्चलसहित तराई मधेशका बासिन्दाले मात्र मनाउने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहितका पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।
काठमाडौं उपत्यकामा बसोबास गर्नेहरुले कमलपोखरी, गौरीघाट लगायतका स्थानबाट छठ पूजा गरेका छन् । काठमाडौं महानगरपालिकाका अनुसार यसपटक वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको थियो । यी स्थानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाइएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस