चितवन र काठमाडौं दिउँसाे खेल्दै, अहिले जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर बुधबार, २०८१ | ०८:३६:०० मा प्रकाशित
काठमाडौं । नेपाल प्रिमिलयर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।
आज बिहान जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गरिरहेको छ ।
टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
जनकपुर अपराजित टोली हो भने सुदूरपश्चिमले एक खेल गुमाएको छ ।
जनकपुर यो खेलमा जित निकालेमा २ खेल अगावै प्लेअफमा आफ्नो स्थान सुरक्षित बनाउनेछ ।
जनकपुर ४ खेलमा ४ जितसहित पहिलो र सुदूरपश्चिम ३ जितसहित दोस्रो स्थानमा छन् ।
अङ्कतालिकाको शीर्ष २ मा रहेको यी दुई टोलीबीचको खेल यो खेल शेख दाजुभाइको ब्याटलका रूपमा पनि हेरिएको छ ।
अहिलेसम्म जनकपुर अपराजित रहेको छ भने, सुदूरपश्चिमले एक खेलमा पराजय व्यहोरेको छ ।
यस्तै आजै हुने अर्को खेलमा लुम्बिनी लायन्सले काठमाडौं गुर्खाजको सामना गर्नेछ । लुम्बिनी मङ्गलवारको खेलमा उत्कृष्ट लयमा देखिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
प्रतिकृया दिनुहोस