ग्लोबल आईएमई बैंकको नाफा ४९.५१ प्रतिशतले वृद्धि
- गाउँ सहर संवाददाता
- ७ माघ सोमबार, २०८१ | १३:०१:०० मा प्रकाशित
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आईएमई बैंकको नाफामा ४९.५१ प्रतिशतको वृद्धि भएको छ ।
सोमबार प्रकाशित बैंकको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा गत वर्षको पुस मसान्तमा २ अर्ब ४ करोड रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५ करोड पुगेको हो ।
बैंकको खुद नाफा मात्रै होइन वितवरणयोग्य नाफा पनि बढेको छ । यस अवधिमा बैंकले २ अर्ब ६५ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।
बैंकको इम्पेयरमेन्ट शुल्कमा भारी गिरावट आएकाले खुद नाफामा वृद्धि भएको देखिन्छ । गत वर्षको पुस मसान्तमा बैंकले इम्पेयरमेन्ट शुल्कबापत ४ अर्ब १४ करोड राख्नुपरेकोमा अहिले २ अर्ब २० करोड मात्रै छुट्याएको छ ।
बैंकको ब्याज आम्दानी घटेको छ भने शुल्क तथा कमिसनबापत हुने आम्दानी बढेको छ ।
नाफा बढ्दा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १६ रुपैयाँ पुगेको छ भने पीक रेसियो १३.८६ मा झरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस