लिखित राजनीतिक कार्यपत्र पेश नगरेकोमा अध्यक्ष लिङ्देनकाे आलोचना, राणाद्वारा आन्दाेलनमा जान जाेड
- गाउँ सहर संवाददाता
- १३ माघ आइतबार, २०८१ | ०७:५४:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । राप्रपाको जारी केन्द्रीय कार्य समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले मन्तव्य मात्र राखेको र लिखित राजनीतिक कार्यपत्र पेश नगरेकोमा ठूलो आलोचना भएको छ । वरिष्ठ नेता, पदाधिकारी तथा बहुमत केन्द्रीय सदस्यहरुले अध्यक्षले गम्भीर गल्ती गरेकाे भनेका छन् ।
बहुमत केन्द्रीय सदस्यहरुले महामन्त्री धवलशम्शेर राणाले प्रस्तुत गरेको राजनीतिक दस्तावेजलाई समर्थन गरेका छन्, पार्टीको लक्ष्य प्राप्तिका लागि आन्दोलनमा जानुको विकल्प नभएको बताएका छन् ।
‘अध्यक्षज्यूले लिखित कार्यपत्र पेश गर्नुपथ्र्यो, सो गर्नु भएन । यसमा ठूलो त्रुटी भयो, महामन्त्रीको प्रतिवेदनमाथि पर्ने अवस्था आयो,’ वरिष्ठ नेता ठाकुर शर्माले बैठकमा बोल्दै शनिबार भने । ‘महामन्त्री राणाको पेपरको धेरै कुरामा मेरो सहमति छ, केही सुधार गर्नुपर्दछ ।’
सहायक महामन्त्री प्रविण ठोकरले महामन्त्री राणाको कार्यपत्र हुबहु पारित गर्नुपर्ने बताए । केन्द्रीय निर्वाचन समिति पूनर्गठन गनुपर्नेमा उनकाे जाेड छ ।
सहायक महामन्त्री प्रेम बलायर तथा सहायक महामन्त्री ऋषि देवकोटाले राणाको कार्यपत्र पार्टी एकता र लक्ष्य प्राप्तिका लागि सही रहेको भन्दै समर्थन जनाए ।
राप्रपाको इतिहासमै अध्यक्षले लिखित कार्यपत्र पेश नगरेको यो पहिलो केन्द्रीय समिति बैठक भयो, यस्तो गल्ती गर्नु हुन्न थियो, केन्द्रीय सदस्य गोपाल पौडेलले भने ।
केन्द्रीय सदस्य जगत गौचनले आन्दोलन जानुपर्नेमा बताए । केन्द्रीय सदस्य लालकुमार लामाले पनि महामन्त्री राणाको समर्थन गरेका छन् ।
अध्यक्षले भाषण मात्र गर्दा के सन्देश लिएर जिल्ला, जिल्ला फर्कने भन्दै अधिकांश केन्द्रीय सदस्यहरुले लिङ्देनको खरो आलोचना गरेका छन् ।
महामन्त्री राणाको पक्षमा जनक पाठक, प्रेम बलायर, रन्जन कार्की, प्रविण थोकर, निरन्जन थापा, शशी सिलवाल, मिना स्वर्णाकार, विश्वमोहन थापा, उदय पोखरेल, नानीमैया आचार्य, रामराज कोइराला, धनसुर शाही, युवराज घिमिरे, लालकुमार लामा, इनु अधिकारी, मिना सुवेदी, सुर्य बहादुर सिंह, गोपाल पौडेल, ऋषि देवकोटा, जगत गौचन, समृद्धी राणा, पवित्रा गिरी, सी एन शर्मा लगायतले समर्थन जनाएका छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस