विद्यार्थी संगठनलाई लाग्याे चुनाव, आज देशभरका क्याम्पसमा संगठन दर्ता गरिँदै
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण सोमबार, २०८१ | ०८:४६:०० मा प्रकाशित

काठमाडाैं । आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्लाचनका लागि आज संगठन दर्ता हुँदैछ।
आज देशभरका क्याम्पसहरु विद्यार्थी संघसंगठन दर्ता गर्न लागिएको हो। सोमबार दिउँसो तीन बजेसम्म संघसंगठन दर्ताको कार्यक्रम राखिएको छ।
२१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय तालिका त्रिविले सार्वजनिक गरेको छ। २५ फागुनमै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ।
२६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ। प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको त्रिविको सूचनामा उल्लेख छ। सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ।
दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ।
त्यसैगरि उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ। मतदान चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नीति तथा कार्यक्रममा आजबाट संसदमा छलफल हुने
- ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न
- बिहानैदेखि वर्षा, यस्तो छ दिनभरको मौसम पूर्वानुमान् ?
- आजदेखि कक्षा १२ को परीक्षा, ५ लाख ११ हजार विद्यार्थी सहभागी हुँदै
- 'पृथ्वीनारायण शाहले मेरो देश हो भन्ने अनुभूति गर्ने अवस्था विकास गरे'
- १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क, अस्पताललाई अनलाइन सेवामा आबद्ध गर्ने
- यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- विद्यालय कर्मचारी परिषद्ले गर्यो आन्दोलनको घोषणा
- आज संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय
- बुधबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
प्रतिकृया दिनुहोस