काठमाडाैँ । सत्तारुढ नेकपा एमालेले आज (सोमबार) देशभरका सदरमुकाम र प्रमुख सहरमा गणतन्त्रका पक्षमा जागरण सभा र मोटरसाइकल र्याली गर्ने भएको छ ।
एमाले महासचिव शंकर पोखेरका अनुसार काठमाडौँ उपत्यकामा भने संयुक्त रूपमा मोटरसाइकल र्यालीको आयोना गरिँदै छ ।
मोटरसाइकल र्याली अपराह्न ४ बजे तीनकुनेमा गरिने जानकारी दिए ।
र्यालीमा सहभागी हुन आह्वान गर्दै एमाले महासचिव पोखरेलले भनेका छन्, ‘प्रतिगमनको दुष्प्रयासलाई नकाम बनाऔँ । लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गरौँ ।’
काठमाडौँको तीनकुने त्यही ठाउँ हो, जहाँ चैत १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका क्रममा पत्रकारसहित २ युवाको ज्यान गयो भने तोडफोड, आगजनी र लुटपाटका कारण करोडौँ धनमालकाे क्षति भएकाे थियाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस