बसाइँ सरेकालाई गाउँ फर्काउन स्याक्लुङ्काेटमा होमस्टे
- गाउँ सहर संवाददाता
- ५ बैशाख शुक्रबार, २०८२ | २०:५९:०० मा प्रकाशित
पोखरा । कास्कीको रुपा गाउँपालिका वडानम्बर ७ स्याक्लुङ्कोट डिठ्ठा गाउँमा स्याक्लुङ्कोट होमस्टे (घरबास) संचालनमा आएको छ । पोखराबाट पूर्व २४ किलोमिटर परको स्याक्लुङ्कोट डिठ्ठा गाउँमा स्थानीयको सक्रियतामा गुरुङ संस्कृतीमा आधारित होमस्टे सञ्चालनमा आएको हो ।
होमस्टेको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डाक्टर टकराज गुरुङले शिलालेख अनावरण गरेर उद्घाटन गरे । पोखराको पृथ्वीचोक, बिजयपुर, तालचोक, बेगनासताल, सुन्दरीडाँडाँ, तालबेसी हुदैँ १४ सय मिटर उचाइको स्याक्लुङ्कोट करिब ४० मिनेटमा पुग्न सकिन्छ । यो गाउँ निकै पुरानो हो । तत्कालीन बेलायती राजकुमार चार्ल्सले वि.सं २०३९ मा पदयात्रा गर्दा यही ठाउमा बास बसेका थिए । यहाँबाट मनोरम अन्नपूर्ण हिमश्रृङ्खला र पोखरा तर्फको मनोरम दृष्य देख्न सकिन्छ ।
सडक र खानेपानीको समस्याले स्थानीय बसाइँ सरेर बजार झर्न थाले पछि डिठ्ठा गाउँ रित्तिने अवस्थामा पुगेको छ । ८५ घरधुरी रहेको स्याक्लुङ्कोटमा अहिले १७ घरधुरी मात्रै रहेको स्थानीय बताउछन् । अहिले भने गाउँमा पुग्ने अधिकांस सडक पक्की भएको छ भने थोरै मात्र सडक कच्ची छ । लिफ्टिङ गरेर घरघरमा धारामा पानी पुर्याइएको छ ।
अहिले भएका घर पनि बसाई जाने र गाउँ रित्तिने चिन्ताले होमस्टे संचालन गर्न लागिएको अगुवन क्याप्टेन तेजबहदुर गुरुङ बताउछन् । होमस्टे संचालनले गाउँमा रहेका स्थानीयको आयआर्जन बढाउने र बजार झरेका पनि फर्कने वातावरण बन्ने गुरुङको अपेक्षा छ । गाउँ सबै खाली भयो, खेतबारी बाँझो भयो होमस्टे संचालन गरेर केही गर्न किन्छ की भनेर होमस्टे संचालन गर्न गइरहेका छौँ, उनले भने ।
५ घरबाट होमस्टे सुरुवात गरिएको छ । एक रातमा ३० देखि ३५ जनालाई राख्न सक्ने क्षमता रहेको स्याक्लुङ्कोट होमस्टेका अध्यक्ष चन्द्रप्रसाद गुरुङले बताए । स्थानीय उत्पादन पर्यटकलाई खुवाउने र आयआर्जन बढाउने उदेश्यले होमस्टे संचालनमा ल्याइएको हो ।
होमस्टेको उद्याटन गदैँ मन्त्री गुरुङले नेपालको विशेषता अनुसारको विकासको खाँचो रहेको बताए । समृद्ध मुलुक र सुखी नेपाली बनाउन सबै भन्दा भरपर्दो माध्यम भनेको पर्यटन रहेको उनको भनाई थियो । अब आत्मनिर्भरता तर्फ जानु पर्छ समृद्ध देश सुखी नेपाली अबको हाम्रो यात्रा हो । त्यो यात्राको सबै भन्दा भरपर्दो भनेको पर्यटन विकास हो, उनले भने ।
होमस्टे उद्याटन कार्यक्रममा बोल्दै रुपा गाउँपालिका वडानम्बर ७ का अध्यक्ष कृष्णराज सुवेदीले स्थानीय उत्पादन संस्कृति प्रवद्धन गदै पर्यटकलाई गाउँमा ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा तमु धिँ नेपालकी प्रथम उपाध्यक्ष गिमाया गुरुङ, समाजसेवी नारायण कुमार श्रेष्ठ, नेपाली कांग्रेस रुपा गाउँपालिका अध्यक्ष विमलबाबु न्यौपाने, नेपाली कांग्रेस रुपा गाउँपालिका वडानम्बर ७ का अध्यक्ष अर्जुन श्रेष्ठ, स्याक्लुङ्कोट तमु समाज अध्यक्ष धनकुमारी गुरुङ र कमला गुरुङले स्याक्लुङ्कोटका समस्या र सम्भावना बारे भनाई राखेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस