शिक्षकलाई शिक्षामन्त्री पन्तले बोलाए वार्तामा
- गाउँ सहर संवाददाता
- १२ बैशाख शुक्रबार, २०८२ | १५:०९:०० मा प्रकाशित

काठमाडाैं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलरत शिक्षकलाई वार्तामा आउन आग्रह गरेका छन्। शिक्षामन्त्री पन्तले प्रेस विज्ञप्ति जारी गर्दै संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गरेका हुन्।
उनले विज्ञप्तिमार्फत शिक्षक प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भनेर शिक्षक तथा कर्मचारीको चासो हुनु स्वभाविक भएको बताएका छन्।
निरन्तर संवाद तथा छलफलपछि सामूहिक रुपमा समाधानको उपाय खोज्न पनि वार्ता गर्नुपर्ने उनको भनाइ छ। चैत्र २० गतेदेखि आन्दोलनरत शिक्षकहरूले २४ दिनदेखि सडक आन्दोलन जारी राखेका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकअघि शिक्षामन्त्री पन्तले देशको बजेट र सीमाभित्र रहेर समाधान खोज्न आफू तयार रहेको बताए।
'शिक्षकहरुलाई लचिलो भएर वार्तामा आउन आग्रह गर्छु। संविधानको सीमाभित्र, ऐन कानुन र देशको बजेटले भ्याउने सीमाभित्र रहेर समाधान खोज्न तयार छु,' उनले भने।'
सवोच्च अदालतले हिजो दिएको आदेश सबै पढेपछि मात्र के गर्ने भनेर भन्ने पनि बताएका छन्। सर्वोच्च अदालतले बिहीबार तीन दिनभित्र शिक्षकलाई विद्यालयमा फर्किने वातावरण बनाउन आदेश दिएको थियो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नाउपाका संरक्षक रेशम चौधरी पक्राउ, जनमत–नाउपा एकता घोषणा स्थगित
- आज अक्षय तृतीया पर्व, सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
- कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्न थप्याे वैशाख मसान्तसम्मको समय
- गगन थापालाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग
- संसद बैठक LIVE
- चक्रपथ-महाराजगन्जखण्ड सडक विस्तारकाे काम शुरू
- वार्ता सकारात्मक भएपनि शिक्षक आन्दोलन आज पनि निरन्तर
- पोखरा विमानस्थलमा भएकाे भ्रष्टाचार अध्ययन उपसमितिकाे प्रतिवेदन लेखासमितिमा
- दुई कारोबार दिन सामान्य अंक बढेकाे नेप्से आज घट्याे
- सहकारी पीडितले निकाले ‘अर्धनग्न’ जुलुश
प्रतिकृया दिनुहोस