बैङ्किङ कसूरसम्बन्धी विधेयकमाथि राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत
- गाउँ सहर संवाददाता
- १४ बैशाख आइतबार, २०८२ | २०:०५:०० मा प्रकाशित

काठमाडौं । बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधन प्रतिनिधिसभाले स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेले राखेको ‘बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो ।
राष्ट्रियसभाबाट भएको संशोधनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभाबाट प्राप्त भएका सुझावलाई समेटेर जाँदा विधेयक थप स्पष्ट र प्रभावकारी हुने सरकारको बुझाइ रहेको बताए ।
‘राष्ट्रियसभाको सुझावप्रति मेरो सम्मान छ, त्यसलाई ग्रहण गर्नुपर्छ भन्ने दृष्टिकोण सभासमक्ष राख्दछु,’ उनले भने ।
त्यसअघि सांसद प्रेम सुवालले मुलुकको सन्तुलित विकास र जिल्लाभित्रै मात्र बसाइसराइ हुने व्यवस्था गरिए बैङ्किङ कसूर स्वतः नियन्त्रण हुँदै जाने बताए । सांसद सराज अहमद फारुकीले विधेयकमाथि राष्ट्रियसभाबाट प्राप्त सुझावलाई समेटेर जानुपर्नेमा जोड दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नाउपाका संरक्षक रेशम चौधरी पक्राउ, जनमत–नाउपा एकता घोषणा स्थगित
- आज अक्षय तृतीया पर्व, सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
- कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्न थप्याे वैशाख मसान्तसम्मको समय
- गगन थापालाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग
- संसद बैठक LIVE
- चक्रपथ-महाराजगन्जखण्ड सडक विस्तारकाे काम शुरू
- वार्ता सकारात्मक भएपनि शिक्षक आन्दोलन आज पनि निरन्तर
- पोखरा विमानस्थलमा भएकाे भ्रष्टाचार अध्ययन उपसमितिकाे प्रतिवेदन लेखासमितिमा
- दुई कारोबार दिन सामान्य अंक बढेकाे नेप्से आज घट्याे
- सहकारी पीडितले निकाले ‘अर्धनग्न’ जुलुश
प्रतिकृया दिनुहोस