मे १७: तरकारीमा मिठो जिरा, लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा
- गाउँ सहर संवाददाता
- ३ जेठ शनिबार, २०८२ | २०:३२:०० मा प्रकाशित

नेपालगञ्ज । कोहलपुरमा शनिबार बृहत सरसफाई कार्यक्रम आयोजना भएको छ भने सरसफाई कार्यक्रमका सहभागीहरुले तरकारीमा मिठो जिरा, लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा भन्ने नारा लगाएका छन् ।
प्लाष्टिकजन्य पदार्थ न्यूनिकरणका लागि आयोजना गरिएको सरसफाई गर्ने क्रममा सहभागीहरुले अन्य पलाष्टिक भन्दा स्यामबहार, सुर्ति, मेघाश्रीहरुको प्याकेटहरु यत्रतत्र भेटिएकाले सहभागीहरुले उक्त कुरा बताएका हुन् ।
साथै उक्त कार्यक्रममा सहभागी यमुना घिमिरे भन्छिन् सरसफाई गरौं भन्दा पनि फोहोर नगरौं भन्ने अभियानको जरुरी देखिन्छ ।
रेष्टलेस डेभलेपमेन्ट, क्रियसन नेपाल र युथ ईनोभेसनको सहयोग कोहलपुर नगरपालिकाको कार्यालय,कोहलपुर नगरपालिका वडा नम्बर ८ को सहकार्य तथा बास नेपालको आयोजनामा बुधवार उक्त सरसफाई कार्यक्रम गरिएका हो ।
प्लाष्टिक जन्य फोहोरमैला ब्यवस्थापन र जवाफदेहता परियोजना अन्तर्गत प्लाष्टिकजन्य फोहोर न्युनिकरणका लागि सरसफाई अभियान कोहलपुरको झण्डहा चोक देखि सडकको दाँया बाँया हुँदै पिपरी चौक सम्म पुगेर समापन भएको थियो ।
”प्लास्टिक फोहोरमुक्त कोहलपुर, हामी सबैको साझा लक्ष्य” भन्ने मुल नाराका साथ बास नेपालका स्वयंसेवकहरु, कोहलपुर नगरपालिकाका वातावरण शाखाका पदाधिकारीहरु, द एक्जाम गुरु एकेडेमिका विद्यार्थी भाईबहिनीहरु, विभिन्न सामुदायिक वन उपभोक्ता समितिहरु र स्थानीय नागरिकहरु गरि एक सय बढिको सहभागीता रहेको थियो ।
बिहान ७ बजे देखि शुरु गरिएको उक्त सरसफाई कार्यक्रम ९ बजे समापन भएको थियो । बास नेपालका वनसम्पर्क अधिकृत माधव कार्कीले प्लाष्टिक जन्य चक्रीय अर्थतन्त्र प्रवर्द्धन गरौँ, प्लास्टिकको प्रयोग न्यूनीकरण गरौं, रिसाइकल गर्ने बानी बसालौं, एकल प्रयोगको प्लास्टिकको विकल्प रोजौं, प्लाष्टिकजन्य फोहोर कम गरौं, प्लाष्टिकजन्य फोहर नजलाऔँ, वायु स्वच्छ राखौं लगायतका स्लोगनहरु बाचन गरी शुरुवात गरिएको सरसफाई कार्यक्रमको उद्घाटण कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लाल बहादुर रानाले ब्यानरमा लेखिएका कुरा पढेर शरुवात गरिएको थियो ।
कार्यक्रमको समापनमा बोल्दै बास नेपालका केन्द्रीय महासचिव कल्पना अधिकारीले कार्यक्रमका सहभागीहरुलाई धन्यवाद दिँदै सरसफाई गर्नु सबैको दायित्व भएकाले सबै क्षेत्रबाट सरसफाई अभियानमा लाग्न अनुरोध गरिन् । प्लाष्टिकको प्रयोगलाई हामीले आजै बाट कम प्रयोग गरी मानवीय जिवनमा पर्ने असरहरुमा न्यूनीकरण गर्न लागिपर्ने बताईन् ।
त्यस्तै वडा नम्बर ८ का वडा अध्यक्ष लाल बहादुर रानाले कार्यक्रमको समापनमा बोल्दै हाम्रो टोलको सरसफाई अभियानमा बास नपालले गरेको सहकार्य प्रति धन्यवाद दिए भने सरसफाई सम्बन्धि सचेतनामुलक कार्यक्रम आगामि दिनमा गर्दा वडा सागै हातेमालो गर्दै सँगै जानुपर्ने बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- थेसिस बुझाउन बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दियो अन्तिम मौका
- हाजिरी जमानीमा छोड्न सर्वोच्चको आदेशपछि छुटे हिरासतमुक्त भएपछि रवीन्द्र मिश्र
- ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदै, १७५ विदेशी पाहुना काठमाडौंमा
- पूर्वमन्त्री माेहन बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
- मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति गभर्नर नियुक्ति हुन्छ: प्रधानमन्त्री
- निरन्तर ओरालो नेप्से, के छ साताकाे अन्तिम दिनकाे खबर ?
- बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
- सरकारी बेरूजू थुप्रिएकाे थुप्रिएकै, ७ खर्ब ३३ अर्ब पुग्यो बेरुजु, वर्षमै थपियो ९१ अर्ब ५९ करोड
- रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा 4G मोबाइल सेवा विस्तार
- आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख
प्रतिकृया दिनुहोस