यस्ताे छ नेपाल टेलिकमको ९ महिनाको आम्दानी
- गाउँ सहर संवाददाता
- ५ जेठ सोमबार, २०८२ | १२:३३:०० मा प्रकाशित

काठमाडौं । सरकारी स्वमित्वको कम्पनी नेपाल टेलिकमको नाफा ४८.६७ प्रतिशतले घटेको छ ।
नेपाल टेलिकम लिमिटेडले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरण अनुसार खुद नाफा २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा रहेको छ र यस्तो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
टेलिकमको ब्याज आम्दानी ४६ प्रतिशत घटेको छ । पहिले ब्याजवापत ५ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले अहिले २ अर्ब ८० करोड ३५ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।
टेलिकमले टेलिकम सेवा बेचेर गरेको आम्दानी पनि २५ अर्ब ४८ करोड रुपैयाँबाट केही घटेर २५ अर्ब ३१ करोड रुपैयाँ कायम भएको छ ।
यसको कुल आम्दानी भने ३१ अर्ब २० करोड रुपैयाँ रहेकोबाट घटेर २८ अर्ब ४३ करोड रुपैयाँमामा सिमित भएको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । वार्षिक प्रतिसेयर आम्दानी जम्मा २१ रुपैयाँ ५ पैसामा खुम्चिएको छ । गत वर्ष वार्षिक प्रतिसेयर आम्दानी ४१ रुपैयाँ थियो ।
१८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको टेलिकमको जगेडा कोषमा ७२ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५०३ रुपैयाँ ९३ पैसा छ भने मूल्य आम्दानी अनुपात ४२.७४ गुणा रहेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
- आज प्रतिनिधिसभाको बैठक बस्दै
- बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला, जोडियो राष्ट्रिय सडक सञ्जालमा
- ग्लोबल आईएमई समुन्नत योजना–२ को सार्वजनिक निष्काशन र बिक्री खुल्ला
- एएफसी महिला एसियन कप छनाेटकाे नजिक पुगरे चुक्याे नेपाल
- आज यी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान, सतर्कता अपनाउनु आग्रह
प्रतिकृया दिनुहोस