निर्णयानुसार माग पूरा नभए आंशिक प्राध्यापकले ९ गतेदेखि त्रिचन्द्र बन्द गर्ने
- गाउँ सहर संवाददाता
- ५ जेठ सोमबार, २०८२ | १५:५२:०० मा प्रकाशित

काठमाडाैँ । निर्णयानुसार माग पूरा नभए त्रिभुवन विश्वविद्यालय आंशिक प्राध्यापक संघ त्रिचन्द्र बहुमुखी क्याम्पस इकाईले २०८२ जेष्ठ ९ गतेदेखि त्रिचन्द्र क्याम्पस बन्द गर्ने भएका छन् ।
उसले साेमबार क्याम्पस प्रमुख प्राडा निलम श्रेष्ठ प्रधानलाई विज्ञप्ति बुझाउँदै साे कुरा बताएकाे हाे ।
विज्ञप्तिमा त्रिवि कार्यकारी परिषदकाे २०८१ श्रावण २३ गतेकाे निर्णय कार्यान्वयनकाे थालनी, २०८२ बैशाख महिनासम्मकाे सम्पूर्ण बाँकी पारिश्रमिक उपलब्ध गराइनुपर्ने माग गरिएकाे छ ।
इकाईले यदि साे माग पूरा नभए जेष्ठ ९ गते शुक्रबारदखि सबै सैद्धान्तिक तथा प्रयाेगात्मक कक्षाहरू बहिष्कार गरि क्याम्पस प्रमुख, प्रशासन प्रमुख, लेखा, सहायक क्याम्पस प्रमुखकाे कार्यकक्ष तथा क्याम्पसका सबै विभागहरूमा तालाबन्दी गर्ने बताएकाे छ ।
विज्ञप्तिमा भनिएकाे छ, "यदि माग पूरा नभए जेष्ठ ११ गतेबाट थप सशक्त रूपमा चरणबझ आन्दाेलन गरिने ।"
वर्षाैँदेखि त्रिविका आंशिक प्राध्यापककाे समस्या समाधान हुन नसक्दा याे परिस्थित आएकाे त्रिचन्द्र बहुमुखी क्याम्पस इकाई अध्यक्ष सतिश चन्द्र झा ले गाउँ सहर डटकमलाई बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पेट्रोलियम पदार्थकाे मूल्य घटबढ
- बीपी राजमार्गमा राति गाडी चलाउन १५ भदौसम्म रोक
- यस्ताे देखियाे वाणिज्य बैंकहरूको नाफा
- नेपालले टप एण्ड टी-२० सिरिज एनटी स्ट्राइकसँग खेल्दै
- रिलायन्स इन्टरनेशनल एकेडेमी 'एकेडेमी एक्सिलेन्स अवार्ड' द्वारा सम्मानित
- सुस्त सुस्त शेयरबजार, कारोबार रकममा सुधार
- बढ्यो आर्थिक अपराधमा धेरै कसुर बैंकिङका
- काठमाडाैं महानगरद्वारा विद्यालयको अनुमति खारेजी प्रक्रिया सुरु, २५ वटा विद्यालयको नाम परिवर्तन
- शनिश्चरे–खुदुनाबारी जोड्ने बिरिङ खोलाको पुल बाढीले भत्कायो
- दुई कारोबार दिनदेखि घटेर बन्द भइरहेको नेप्से परिसूचक बुधबार पनि घटेर बन्द
प्रतिकृया दिनुहोस