२० लाख रुपैयाँ दावी बीमा भुक्तानी गर्याे रिलायबल लाइफले
- गाउँ सहर संवाददाता
- १० जेठ शनिबार, २०८२ | ०८:३१:०० मा प्रकाशित
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले रु.२० लाख रुपैयाँको घातक रोग वापतको बीमा दावी हस्तान्तरण गरेको छ ।
कम्पनीले २०७७ चैत्र महिनामा कम्पनीको हाकिमचोक शाखा, भरतपुर, चितवनबाट १५ वर्षको बीमा अवधि रहने गरी २० लाख रुपैयाँको जीवन बीमा खरिद गरेका भरतपुर–३, चितवन निवासी महेश बानीयाँलाई उक्त रकम दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।
बीमितले तीन किस्ता मात्र बिमाशुल्क भुक्तानी गरेको अवस्थामा २०८०/०१/०२ मा पुरानो मेडिकल कलेज, भरतपुरमा सामान्य चेकजांचका क्रममा कलोजो सम्बन्धी समस्या देखा परेको थियो ।
कम्पनीद्वारा मिति २०८२/०२/०७ बुधबारका दिन हाकिमचोक शाखामा आयोजित एक कार्यक्रमकाबीच कार्यक्रमको अध्यक्षता गरेका शाखा प्रमुख राजकुमार दाहालले उक्त दाबी रकम २० लाखको चेक बिमितलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै बीमित महेश बानियाँले उक्त दुःखद् समयमा बीमा कम्पनीले आफूलाई दिएको साथ र सहयोगको प्रशंसा गर्दै बजारमा रहेका बीमा दाबी भुक्तानी तथा प्रक्रिया सम्बन्धी सम्पूर्ण हल्लाहरू निराधार साबित भएको समेत बताए ।
उक्त कार्यक्रममा हाकिमचोक शाखाका बरिष्ठ एजेन्सी म्यानेजरहरू मनोज चौलागांई, बिषुकुमारी कुँवर, समिता दराई, तारा कुमाल,MDRT जानकी शाह श्रेष्ठ लगायतका अन्य थुप्रै एजेन्सी म्यानेजर, कर्मचारी तथा स्थानीयहरूको समेत उपस्थिती रहेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस