२० लाख रुपैयाँ दावी बीमा भुक्तानी गर्याे रिलायबल लाइफले
- गाउँ सहर संवाददाता
- १० जेठ शनिबार, २०८२ | ०८:३१:०० मा प्रकाशित

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले रु.२० लाख रुपैयाँको घातक रोग वापतको बीमा दावी हस्तान्तरण गरेको छ ।
कम्पनीले २०७७ चैत्र महिनामा कम्पनीको हाकिमचोक शाखा, भरतपुर, चितवनबाट १५ वर्षको बीमा अवधि रहने गरी २० लाख रुपैयाँको जीवन बीमा खरिद गरेका भरतपुर–३, चितवन निवासी महेश बानीयाँलाई उक्त रकम दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।
बीमितले तीन किस्ता मात्र बिमाशुल्क भुक्तानी गरेको अवस्थामा २०८०/०१/०२ मा पुरानो मेडिकल कलेज, भरतपुरमा सामान्य चेकजांचका क्रममा कलोजो सम्बन्धी समस्या देखा परेको थियो ।
कम्पनीद्वारा मिति २०८२/०२/०७ बुधबारका दिन हाकिमचोक शाखामा आयोजित एक कार्यक्रमकाबीच कार्यक्रमको अध्यक्षता गरेका शाखा प्रमुख राजकुमार दाहालले उक्त दाबी रकम २० लाखको चेक बिमितलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै बीमित महेश बानियाँले उक्त दुःखद् समयमा बीमा कम्पनीले आफूलाई दिएको साथ र सहयोगको प्रशंसा गर्दै बजारमा रहेका बीमा दाबी भुक्तानी तथा प्रक्रिया सम्बन्धी सम्पूर्ण हल्लाहरू निराधार साबित भएको समेत बताए ।
उक्त कार्यक्रममा हाकिमचोक शाखाका बरिष्ठ एजेन्सी म्यानेजरहरू मनोज चौलागांई, बिषुकुमारी कुँवर, समिता दराई, तारा कुमाल,MDRT जानकी शाह श्रेष्ठ लगायतका अन्य थुप्रै एजेन्सी म्यानेजर, कर्मचारी तथा स्थानीयहरूको समेत उपस्थिती रहेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
प्रतिकृया दिनुहोस