‘एक रुपैयाँको भ्रष्टाचार प्रमाणित भए राजनीतिबाटै बिदा लिन्छु’ - गृहमन्त्री लेखक
- गाउँ सहर संवाददाता
- १० जेठ शनिबार, २०८२ | २०:०९:०० मा प्रकाशित

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफ्नो राजनीतिक जीवनमा एउटा मात्रै पनि आर्थिक अनियमितता प्रमाणित भए पदबाट मात्रै नभई राजनीतिबाटै राजीनामा दिने बताएका छन् ।
शनिबार साँझ काठमाडौँमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयसँग जोडिएको भिजिट भिसा प्रकरणमा आफूविरुद्ध नियोजित ढंगबाट झुटा प्रचारबाजी भइरहेको गम्भीर आरोप लगाए ।
उनले भने, ‘मेरा विरुद्ध नियोजित र षड्यन्त्रपूर्वक झुटा प्रचारहरू भइरहेको छ । म सबैलाई आग्रह गर्न चाहन्छु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसा मात्रै होइन, मेरो सम्पूर्ण सार्वजनिक र राजनीतिक जीवन हेरेर मूल्याङ्कन गरियोस् । यदि एउटा मात्रै पनि आर्थिक अनियमितता प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाटै राजीनामा दिन तयार छु ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस