नेपालमा पनि चाँडै भित्रिने संकेत, यसाे भन्छन् माैसमविद्
- गाउँ सहर संवाददाता
- ११ जेठ आइतबार, २०८२ | १०:४५:०० मा प्रकाशित

काठमाडाैं । नेपालमा यस वर्ष केही समय अगावै माैसम भित्रिने संकेत देखिएकाे माैसमविद्हरूले जनाएका छन् ।
यस वर्ष नेपालमा मनसुन (वर्षायाम सुरु गराउने मौसम प्रणाली) औसत मिति (जुन १३ तारिख) भन्दा केही दिनअगाडि नै प्रवेश गर्ने लक्षण देखिएको मौसमविद्ले बताएका हुन्।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिलेसम्मको प्रारम्भिक अध्ययनले यसपटक मनसुन जुन १३ तारिखअघि नै भित्रिने संकेत देखिएको हो।
भारतको केरलामा यस वर्ष मनसुन औसत मिति मे ३० तारिखभन्दा ६ दिनअघि नै मे २४ तारिख (जेठ १० गते) नै भित्रिसकेकाले नेपालमा पनि औसत मितिभन्दा चाँडै मनसुन प्रवेश गर्ने अनुमान गरिएको उनले बताए।
मौसम महाशाखाले आइतबार सूचना जारी गर्दै भनेको छ: बंगालको खाडीको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रमा साथै भारतको केरला आसपासका क्षेत्र, माल्दिभ्स, श्रीलंकालगायतका भूभागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भूभागतर्फ मनसुन अगाडि बढने क्रममा छ।
नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो। तर ठ्याक्कै यही मितिमा मनसुन भित्रिने गरेको छैन। कि २/४ दिन ढिलो कि छिटो भित्रिने गरेको छ।
यसपटक भने औसत मितिभन्दा केही दिनअघि नै मनसुन नेपाल प्रवेश गर्ने संकेत देखिएको हो। तर अहिले नै यसै हुन्छ भनेर ठोकुवा गर्न नसकिने मौसमविद् अर्यालको भनाइ छ।
गत वर्ष पनि मनसुन औसत मितिभन्दा ३ दिनअघि जुन १० तारिखका दिन नेपाल भित्रिएको थियो। मनसुन भित्रिएपछि बर्खा सुरु भएको मानिन्छ। अहिले भने नेपालमा मनसुन भित्रिनुअघिको सिजन प्रि-मनसुन चलिरहेको छ। मनसुन भित्रिएपछि यो सिजन अन्त्य हुन्छ।
मौसमविद्का अनुसार नेपालमा मनसुन जुन, जुलाई, अगस्ट र सेप्टेम्बर ४ महिना रहन्छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी प्रदेशमा धेरै वर्षाको सम्भावना
- संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, के गर्लान् विपक्षी ?
- राइड सेयरिङ नियमावली एक महिना स्थगित गर्ने गण्डकी सरकारको निर्णय
- सङ्घीय संसदमा यी विषयमा छलफलकाे कार्यसूची, अवरोध जारी राख्ने विपक्षीकाे तयारी
- यातायात बन्द फिर्ता, यस्ताे भयाे सहमति
- करण केसीकाे उत्कृष्ट ब्याटिङमा नेपालको कीर्तिमानी जित
- सार्वजनिक यातायात नचल्दा यात्रीहरुलाई सास्ती
- काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता
- कमल थापा पक्राउपछि लिङ्देनको दिए यस्ताे चेतावनी
- रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदै
प्रतिकृया दिनुहोस