वातावरण

कोटेश्वर बहुमुखी क्याम्पस र मनोहरा सरसफाई तथा सम्पदा बचाऊ अभियानले मनायो वातावरण दिवस

काठमाडौँ । आज जुन ५ अर्थात् विश्व वातावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ कोटेश्वर बहुमुखी क्याम्पस र मनोहरा सरसफाई तथा सम्पदा बचाऊ अभियानले संयुक्त रुपमा विश्व वातावरण दिवस मनाएको छ ।

काठमाडाैँ वडा नं ३२ स्थित नमूना बस्ती र कोटेश्वर बहुमुखी क्याम्पस वरिपरि सरसफाई गरेर क्याम्पस र अभियानले विश्व वातावरण दिवस मनाएको हो ।

कोटेश्वर क्याम्पसका क्याम्पस प्रमुख डा. प्रकाश पोखरेल, सहायक क्याम्पस प्रमुख मनाेज अधिकारी, नन्दीकेशर नेपाल र अभियानका संयोजक चन्द्र दंगाल, सह संयाेजक नारायण गिरीले सरसफाई कार्यक्रमको सुरुवात गरेका थिए ।

सरसफाईको क्रममा कोटेश्वर क्याम्पसका सहायक क्याम्पस प्रमुख मनोज अधिकारीले यस्तो कार्यक्रमले विग्रँदो वातावरणले ल्याएको चुनौतिप्रति सचेत गराउने बताए । उनले भने, ‘हामी यो दिवस प्रत्येक वर्ष मनाउँछौँ । यसपटक अभियानसँग सहकार्य गरेका छौँ । यसरी कार्यक्रम गरिँदा भावी सन्ततीप्रति शिक्षा फैलने र न्याय प्राप्ति हुने छ ।’

कार्यक्रममा करिब २०० बढी विद्यार्थी, शिक्षक, कर्मचारी र स्थानीयहरूको सहभागिता रहेको थियो ।

संयुक्त राष्ट्रसङ्घले आह्वान गरे बमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत