साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक यस्ताे रह्याे
- गाउँ सहर संवाददाता
- १२ असार बिहीबार, २०८२ | १५:२७:०० मा प्रकाशित

काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि करिब स्थिर रहेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।
बिहीबार, नेप्से परिसूचक ४.४५ अंक घटेर २५९५.७४ विन्दुमा झरेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार करिब ६ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०६ स्टकको ७४ हजार २३९ पटकको कारोबारमा ७ अर्ब ७८ करोड २ लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ९६ लाख ५० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ९.१८ प्रतिशत बढेकोछ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने बरुण हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको रिलायबल समृद्धि योजनाको इकाईमूल्य सर्वाधिक ९.३० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६२ करोड ५२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको ३९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ३२ करोड नाघेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश
- नेप्से परिसूचक स्थिर, ५ अर्ब ९४ करोडकाे काराेबार
- समयमै बजेट ल्याउन नसक्ने यी ३९ स्थानीय तह
- पाँच महानगरपालिकाले ल्याए बजेट, काठमाडाैंकाे आएन
- प्रतिनिधिसभाबाट बजेट पारित
- घटबढ घटबढ भएकाे नेप्से अन्तिममा २६ सय अंकमा
- सरकारकाे तथ्याँकमा कति छन् नेपालमा बेराेजगारी ?
- जापानमाथि नेपालकाे ९ विकेटको सहज जित
- स्थानीय तहको बजेट आज सार्वजनिक हुँदै
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटलका सेवाहरुमा छुट
प्रतिकृया दिनुहोस