घटबढ घटबढ भएकाे नेप्से अन्तिममा २६ सय अंकमा
- गाउँ सहर संवाददाता
- १० असार मंगलबार, २०८२ | १६:४६:०० मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक मंगलबार सामान्य अंकले घटेको छ । कारोबार सुरु भएदेखि निरन्तर बढेको नेप्से सूचक अन्तिम समयमा घटेको हो ।
मंगलबार नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार करिब ४ अंकले बढेको नेप्से मंगलबार अधिकांश समय सकारात्मक नै देखियो । तर, कारोबारको अन्तिम समयमा ०.२२ अंकले घटेको हो ।
मंगलबार कारोबार सुरु हुँदा २६००.७६ अंकमा रहेको नेप्से ०.२२ अंकले घटेर २६००.५३ बिन्दुमा झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।
मंगलबार नेप्सेमा ३ सय १६ कम्पनीको ६२ हजार कारोबारबाट १ करोड ३८ लाख कित्ता सेयर ५ अर्ब ७६ करोड ७८ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ । धेरै कारोबार हुनेमा बुटवल पावर कम्पनी छ ।
मंगलबार १ सय ७ कम्पनीको मूल्य बढ्यो । १ सय ४२ कम्पनीको घटेको छ । ओम मेगाश्री फर्मास्युटिकल कम्पनीको सेयर मूल्य ८ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।
मंगलबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ५.९३, लगानी ०.२९, उत्पादनमूलक २९.५७, लघुवित्त ८.९७ र सामूहिक लगानी कोष समूह ०.०५ अंकले बढेका छन् ।
त्यसैगरी मंगलबार विकास बैंक २२.२४, वित्त १७.४६, होटल ६६.९९, जलविद्युत् १५.६८, जीवन बीमा १५.३६, निर्जीवन बीमा ३७.८८, अन्य २.५२ र व्यापार समूह ४.०६ अंकले घटेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रतिनिधिसभाबाट बजेट पारित
- सरकारकाे तथ्याँकमा कति छन् नेपालमा बेराेजगारी ?
- जापानमाथि नेपालकाे ९ विकेटको सहज जित
- स्थानीय तहको बजेट आज सार्वजनिक हुँदै
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटलका सेवाहरुमा छुट
- प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गर्ने कार्यसूची
- शेयरबजार : २६ सय टेक्याे नेप्से
- बजेट पास गर्न एमालेको ह्विप
- प्रतिनिधिसभामा सांसदहरूकाे प्रश्नकाे जवाफ दिँदै मन्त्रीहरू (लाइभ)
- मिथेन ग्यास र फलाम उत्खननमा शीघ्र लाग्न प्रधानमन्त्री ओलीको निर्देशन
प्रतिकृया दिनुहोस