शेयरबजार : २६ सय टेक्याे नेप्से
- गाउँ सहर संवाददाता
- ९ असार सोमबार, २०८२ | १५:४०:०० मा प्रकाशित

काठमाडौं । नेप्से परिसूचकले २६ सय अंक टेकेकाे छ । शेयर बजारमा ४ दिनको लगातार गिरावटपछि सोमबार केही सुधार देखिएको छ । नेप्से सूचक सोमबार ८.१३ विन्दुले बढेर २६०४.११ अंकमा पुगेको छ ।
यसदिन सोमबार ६ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो । अघिल्लो कारोबार दिन अर्थात आइतबार ९ अर्ब १४ करोडको शेयर खरिदबिक्री भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.२० प्रतिशत बढेको छ। यस दिन विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको हो।
आजको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, यस दिन पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५२ करोड १८ लाख ५९ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको ४२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम साढे ३३ करोड नाघेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जापानमाथि नेपालकाे ९ विकेटको सहज जित
- स्थानीय तहको बजेट आज सार्वजनिक हुँदै
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटलका सेवाहरुमा छुट
- प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गर्ने कार्यसूची
- बजेट पास गर्न एमालेको ह्विप
- प्रतिनिधिसभामा सांसदहरूकाे प्रश्नकाे जवाफ दिँदै मन्त्रीहरू (लाइभ)
- मिथेन ग्यास र फलाम उत्खननमा शीघ्र लाग्न प्रधानमन्त्री ओलीको निर्देशन
- यस्ताे छ संघीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची
- पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार, सदस्य–सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध मुद्दा
- शेयरबजार : नेप्से २६०० अंकबाट पनि ओरालो
प्रतिकृया दिनुहोस