प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गर्ने कार्यसूची
- गाउँ सहर संवाददाता
- १० असार मंगलबार, २०८२ | ०७:०३:०० मा प्रकाशित

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित हुने भएको छ ।
बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
बैठकमा श्रम, रोजगार तथा समाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ र सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर केसी, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत, उर्मिला माझी, अम्मरबहादुर थापा, छिरिङल्हामु लामा (तामाङ), नारायणी शर्मा, गंगा कार्की र लेखनाथ दाहालद्वारा प्रस्तुत खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जापानमाथि नेपालकाे ९ विकेटको सहज जित
- स्थानीय तहको बजेट आज सार्वजनिक हुँदै
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटलका सेवाहरुमा छुट
- शेयरबजार : २६ सय टेक्याे नेप्से
- बजेट पास गर्न एमालेको ह्विप
- प्रतिनिधिसभामा सांसदहरूकाे प्रश्नकाे जवाफ दिँदै मन्त्रीहरू (लाइभ)
- मिथेन ग्यास र फलाम उत्खननमा शीघ्र लाग्न प्रधानमन्त्री ओलीको निर्देशन
- यस्ताे छ संघीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची
- पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार, सदस्य–सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध मुद्दा
- शेयरबजार : नेप्से २६०० अंकबाट पनि ओरालो
प्रतिकृया दिनुहोस