जापानमाथि नेपालकाे ९ विकेटको सहज जित
- गाउँ सहर संवाददाता
- १० असार मंगलबार, २०८२ | ११:२७:०० मा प्रकाशित

काठमाडौं । जापानमाथि नेपालले एसिसी मेन्स यु-१६ एलिट कपमा सहज जित हासिल गरेको छ ।
मंगलबार मलेसियामा भएको खेलमा नेपालले जापानमाथि ९ विकेटको सहज जित हात पारेको हो । जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
नेपाललाई सहज जित दिलाउने क्रममा शिवान्श बजगाईंले बलमा ७ चौकाको सहयोगमा ३८ रन जोडे । अघिल्लो खेलका ‘प्लेयर अफ द म्याच’ रहेका प्रसिद्ध जैसी ३७ बलमा ३३ रनमा अविजित रहे । ओपनर जोय थापा १ रनमा आउट भए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा नै समेटियो । नेपालको उत्कृष्ट बलिङ सामू जापानको ब्याटिङ चल्न सकेन ।
जापानका कप्तान चार्ली हाराहिन्जीले ४८ बलमा ४ चौकाको सहयोगमा ३६ तथा गम्बी हाराहिन्जीले ३० बलमा १३ रन बनाए । जापानका ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपाली बायाँ हाते स्पिनर शुभम खनालले १० ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए । अभय यादवले २ तथा शुशिल रावल र विपिन शर्माले समान १ विकेट लिए ।
नेपालले दोस्रो खेलमा अपराजित रहेको छ । नेपालको ४ अंक बनाएको छ । जापानको दोस्रो खेलमा यो पहिलो हार हो । पहिलो खेलमा नेपालले सिंगापुर तथा जापानले भुटानलाई पराजित गरेको थियो ।
एसियाली क्रिकेट परिषद् (एसिसी) को बार्षिक कार्यतालिका अनुसार प्रतियोगिता जारी प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार रहेका छन् ।
नेपालले तेस्रो खेलमा आइतवार इन्डोनेसियासँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ ।
हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ । नेपाल प्रतियोगिताको यसअघिका तीनै संस्करणको च्याम्पियन हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घटबढ घटबढ भएकाे नेप्से अन्तिममा २६ सय अंकमा
- सरकारकाे तथ्याँकमा कति छन् नेपालमा बेराेजगारी ?
- स्थानीय तहको बजेट आज सार्वजनिक हुँदै
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटलका सेवाहरुमा छुट
- प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गर्ने कार्यसूची
- शेयरबजार : २६ सय टेक्याे नेप्से
- बजेट पास गर्न एमालेको ह्विप
- प्रतिनिधिसभामा सांसदहरूकाे प्रश्नकाे जवाफ दिँदै मन्त्रीहरू (लाइभ)
- मिथेन ग्यास र फलाम उत्खननमा शीघ्र लाग्न प्रधानमन्त्री ओलीको निर्देशन
- यस्ताे छ संघीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची
प्रतिकृया दिनुहोस