भण्डारढिक रंगशालामा रग्बी प्रतियोगिता सम्पन्न
- १५ असार आइतबार, २०८२ | ०५:४७:०० मा प्रकाशित

कास्की । कास्की जिल्ला रग्बी संघको आयोजनामा भण्डारढिक रंगशालामा रग्बी प्रतियोगिता सम्पन्न भएको छ ।
पोखरा महानगरपालिकाको सहयोग र विद्यालय रग्बी आयोगको समन्वयमा असार १३ र १४ गते दुई दिन सम्म चलेको पोखरा टीआई विद्यालय स्तरीय रग्बी प्रतियोगितामा लेखनाथ मेमोरियल ईङ्लिस बोर्डिङ स्कुल च्याम्पियन भएको छ ।
शनिबार लेखनाथ रंगशाला भण्डारढिकमा भएको छात्र तर्फको फाईनल खेलमा सोसल पब्लिक स्कूललाई १–० ट्राईबेकरले पछि पार्दै चयाम्पियन बनेको हो । छात्र तर्फ लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुललाई १–० ट्राईबेकरले पछि पार्दै लेखनाथ मेमोरियलले दोहोरो उपाधी कब्जा गरेको हो ।
प्रतियोगितामा छात्रतर्फ लिटल फ्लावरले न्यू एरा एकेडेमीलाई २–१ ट्राईले पछि पारी तृतीय स्थानमा रहदा न्यू एरा चौथो हुन सफल रह्यो ।
छात्रा तर्फ न्यू एरा एकेडेमीले सोसल पब्लिक स्कूललाई पेनाल्टी,नक अन र मेजोरिटि मिस्टेकका आधारमा पाखा लगाउँदै तृतीय हुँदा सोसल पब्लिक चौथो हुन सफल रह्यो ।
प्रतियोगिताको दोस्रो दिन पोखरा सेभेन्सको दोस्रो संस्करण स्वरुप गण्डकी प्रदेशका खेलाडीहरुलाई २ टिममा बाँडेर मैत्रीपूर्ण खेल समेत सम्पन्न गरियो । सो अन्तर्गत टिम मोशेसले टीम संगमलाई ३ ट्राईका बिरुद्ध ५ ट्राईले पछि पारि बिजेता बन्न सफल रह्यो ।
प्रतियोगितामा पदक बिजेता समूहहरुलाई पोखरा म.न.पा –२९ का वडा अध्यक्ष श्री प्रसाद गुरुङ, राखेप बोर्ड सदस्य मधुसुदन सुबेदी, पोखरा महानगरपालिका खेलकुद विकास समितिका पुर्व अध्यक्ष दिपक बहादुर गोदार, वडा नं. २९ का पूर्व अध्यक्ष तथा समाजसेवी चेतबहादुर गुरुङ, विद्यालय रग्बी आयोगका केन्द्रिय सदस्य खिम गुरूङ, विद्यालय रग्बी आयोग गण्डकीका अध्यक्ष मिलन के.सी , लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल , रग्बी संघ कास्की अध्यक्ष सुवास खड्का लगायतले पुरस्कार वितरण गरेका थिए ।
२०७२ सालमा गठन भएको संघले खेलाडी, प्रशिक्षक र रेफ्री उत्पादनका लागि निरन्तर प्रशिक्षण र प्रतियोगिता संचालन गर्दै आईरहेको छ ।
प्रतिकृया दिनुहोस